
माघ २१ गते
गरुडा नगरपालिका वडा नं.–८ बिर्तास्थित ठूलो जमा मस्जिदको छत ढलान कार्यको विधिवत् रूपमा शुभारम्भ गरिएको छ। नगर प्रमुख कन्थमणी जयसवाल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, धार्मिक अगुवा तथा स्थानीय भद्रभलाद्मीहरूको सक्रिय उपस्थिति रहेको थियो।
उक्त अवसरमा नगर प्रमुख जयसवाल ज्यूले धार्मिक तथा सामाजिक संरचनाको विकास नगरपालिकाको प्राथमिकता रहेको उल्लेख गर्दै यस कार्यको सुरुवात गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “धार्मिक तथा सामाजिक संस्थाहरू समाजको मेरुदण्ड हुन्। यिनको संरक्षण र विकासमा नगरपालिका सधैं साथ दिनेछ।”
साथै उहाँले निर्माण कार्यमा सहयोग गर्ने मस्जिद व्यवस्थापन समिति, समाजसेवी तथा सम्पूर्ण स्थानीयवासीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
स्थानीयवासीहरूले नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।
नगरपालिकाले भविष्यमा पनि यस्ता धार्मिक, सामाजिक तथा सामुदायिक संरचनाको विकासलाई निरन्तर प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।















