
माघ २१ गते
वीरगञ्ज महानगरपालिका वडा नं. १२ स्थित मुर्ली चौकमा हिन्दु समुदायको घर नजिक जडान गरिएका सयभन्दा बढी धारा खोलि फ्याँकिएको आरोपमा दुई जना मुस्लिम युवक पक्राउ परेका छन्।
स्थानीय बासिन्दाका अनुसार घटना सुनियोजित रूपमा गरिएको आशंका गरिएको छ। चुनाव नजिकिँदै गर्दा यस्तो गतिविधिले सामाजिक सद्भावमा असर पार्ने भन्दै स्थानीयले घोर विरोध जनाएका छन्।
घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
स्थानीयवासीहरूले धार्मिक सद्भाव बिगार्ने यस्ता गतिविधिमा संलग्न जो कोहीलाई कडा कारबाही गर्न माग गरेका छन्। साथै, शान्ति र सहिष्णुता कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही गरिने जनाएको छ।















