फाल्गुन २४ गते आइतबार
रौतहटको चन्द्रपुर नगरपालिका–१ मंगलपुरमा बसको ठक्करबाट एक बालकको मृत्यु भएपछि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग पुनः सञ्चालनमा आएको छ। पीडित पक्ष र बस व्यवसायीबीच सहमति भएपछि राजमार्ग खुलेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमती पुल क्षेत्रमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ६२६३ नम्बरको बसले सोही दिशातर्फ साइकलमा यात्रा गरिरहेका चन्द्रपुर नगरपालिका–१ मंगलपुर निवासी १३ वर्षीय कृष्ण सहनीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा उनको बायाँ खुट्टाको तिघ्रा र टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका लागि वीरगञ्जतर्फ पठाइएका उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि मृतकका आफन्त तथा स्थानीयवासीले उचित क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै आज बिहानदेखि राजमार्ग अवरुद्ध गरेका थिए। सहमति पश्चात् अवस्था सामान्य बन्दै यातायात पुनः सञ्चालनमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0