फाल्गुन २४ गते आइतबार
नेपाली कांग्रेसका प्रभावशाली नेता मोहम्मद अफताब आलमको निधनपछि रौतहट–२ का जनताले उनको राजनीतिक विरासतलाई निरन्तरता दिएका छन्। उनका जेठा छोरा डा. मोहम्मद फिरदोस आलम प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरले विजयी भएका छन्।

रौतहट–२ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. फिरदोस आलमले ११ हजार ८६ मतान्तरसहित स्पष्ट जित निकाले। उनले २९ हजार ५२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपाका किरण कुमार साह १८ हजार ४४२ मतमै सीमित भए।

रौतहट–२ लामो समयदेखि आलम परिवारको राजनीतिक आधार क्षेत्र रहँदै आएको छ। यसअघि यही क्षेत्रबाट स्वर्गीय अफताब आलमले पटक–पटक जनताको मत पाएर आफ्नो प्रभाव स्थापित गरेका थिए। उनको वि.सं. २०८२ कार्तिकमा उपचारका क्रममा निधन भएको थियो।

जनताको विश्वास, विरासतको निरन्तरता र संगठनात्मक पकडका कारण डा. फिरदोस आलमको जितलाई कांग्रेसका लागि निर्णायक उपलब्धिका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0