फागुन २४ गते आइतबार
दिपक साह
रौतहटको राजदेवी नगरपालिका–५ पताहीस्थित मुसहर टोलमा एकैसाथ दुई जनाको शव झुन्डिएको अवस्थामा फेला परेको छ।

मृतकहरू स्थानीय चनदेवे माझीका छोरा राहुल माझी र रामप्रवेश माझीकी छोरी करिष्मा माझी रहेको प्रहरीले जनाएको छ। दुवै जना फरक–फरक स्थानमा झुन्डिएको अवस्थामा भेटिएका हुन्।

जानकारीअनुसार घटना गएराति करिब १०:३० बजे घटेको हो। करिष्मा माझी आफ्नै घरभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन् भने राहुल माझी पताही बाँध नजिकैको रुखमा झुन्डिएको अवस्थामा भेटिएको एक स्थानीयले बताएका छन्।

अप्रत्याशित घटनापछि गाउँभरि त्रास र शोकको वातावरण छाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने थप अनुसन्धान जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0