​देवाही गोनाही, रौतहट
रौतहटको देवाही गोनाही नगरपालिकास्थित धर्मपुर जाने सडकखण्डमा सोमबार एक भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। मदिरा सेवन गरी अनियन्त्रित गतिमा मोटरसाइकल चलाउँदा उक्त दुर्घटना भएको हो।

​सर्लाही जिल्लाको बलरा नगरपालिका वडा नं. ८ बकैनिया निवासी सन्देश पण्डित र उनका साथी सवार BR 30 AA 1041 नम्बरको भारतीय मोटरसाइकल सडकमा आफै अनियन्त्रित भई पल्टिएको थियो।
​प्रत्यक्षदर्शीका अनुसार, मोटरसाइकल चालक र सवार अन्य दुवै जनाले अत्यधिक मदिरा सेवन गरेका थिए। सडकको मोडमा सन्तुलन गुमाउँदा मोटरसाइकल दुर्घटनाग्रस्त भएको बताइएको छ।

​दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको छ। मदिराले मात्तिएका सन्देश पण्डितले भने गम्भीर घाइते भएका आफ्ना साथीलाई उठाउने प्रयास गर्दै “साथीले भोज खान आउ भनेर बोलाएकोले आएको” भन्दै बर्बराइरहेका थिए। घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0