
रौतहट ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर–८, मनसरीस्थित जामीया महमुदुल आजम लीलबनत मदरसामा निर्माण हुन लागेको दुई तले मदरसा भवन तथा मनसरी मोक्ताबको एक तले भवनको शिलान्यास कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ।
शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रूपमा ईशनाथ नगरपालिकाकी नगर प्रमुख श्रीमती कौशल्या देवी ज्यूको उपस्थिति रहेको थियो। साथै उप–प्रमुख मो. परवेज ज्यू, पूर्व प्रदेश सभा सदस्य माननीय नागेन्द्र प्रसाद सिन्हा ज्यू, प्रमुख प्रशासकीय अधिकृत मो. नवाज हुसैन, वडा नम्बर–२ का वडा अध्यक्ष धर्मेन्द्र साह, वडा नम्बर–४ का वडा अध्यक्ष शत्रुधन सिंह, वडा नम्बर–८ का वडा अध्यक्ष शेख खुसबुदिन, युवा नेता फैजु रहमान, समाजसेवी रईस मिया ज्यू लगायत समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नगर प्रमुख श्रीमती कौशल्या देवी ज्यूले शिलान्यास गर्दै निर्माण कार्यलाई निर्धारित समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनु भयो। उहाँले शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकास नगरपालिकाको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै यस्ता योजनाले नगरको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले मदरसा तथा मोक्ताब भवन निर्माणले शैक्षिक वातावरण थप मजबुत हुने र बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव पर्ने बताएका छन्।
यस शिलान्याससँगै ईशनाथ नगरपालिकामा शैक्षिक पूर्वाधार सुदृढीकरणतर्फ महत्वपूर्ण कदम अघि बढेको जनाइएको छ।















