फाल्गुन १५ गते
मोतिहारी स्थित चिरैया थाना अन्तर्गत ग्राम मीरपुर नहर रोड क्षेत्रमा गुप्त सूचनाको आधारमा गरिएको विशेष कारबाहीमा मोटरसाइकलसहित दुई जनालाई करिब ४.५ केजी प्रतिबन्धित गाँजासहित पक्राउ गरिएको छ।

आज बेलुका ४:४२ बजे प्रहरीले शंकास्पद अवस्थामा गुडिरहेको मोटरसाइकल रोकी जाँच गर्दा उक्त परिमाणमा गाँजा फेला पारेको जनाएको छ। लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनापछि प्रहरी टोली सक्रिय रूपमा परिचालित भएको थियो।

पक्राउ पर्नेहरूमा:
१. अवधेश कुमार कुशवाहा, पिता– दशरथ महतो कोईरी
२. वीरा महतो कोईरी, पिता– राजु महतो कोईरी
उनीहरू दुवै जना सिमरौनगढ़ नगरपालिका–३, रामनगर, जिल्ला बारा (नेपाल) निवासी रहेको खुलेको छ।

बरामद गाँजा र प्रयोग गरिएको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको तथा लागूऔषध नियन्त्रण सम्बन्धी कानुनी प्रक्रिया अगाडि बढाइएको चिरैया थाना ले जनाएको छ।
सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीको निगरानी थप कडा बनाइएको समेत बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0