पर्सा जिल्ला प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जिल्लाको जिराभवानी गाउँपालिका–४ स्थित पशु बजार क्षेत्रबाट फागुन २५ गते सोमबार राति सशस्त्र प्रहरीले २ सय १८ किलो गाँजासहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सोही जिल्लाको सुपौली बाट जगरनाथपुर तर्फ जाँदै गरेको मे १ त ५७१४ नम्बरको ट्याक्टरमा परालले छोपी राखिएको अवस्थामा २२ वटा पोकामा उक्त गाँजा फेला परेको थियो।

उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा ले नियन्त्रणमा लिएको जनाएको छ।

गाँजा ओसारपसारमा संलग्न व्यक्ति तथा ट्याक्टर चालकले गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीलाई टाढैबाट देख्नासाथ ट्याक्टर र गाँजा सोही स्थानमा छाडेर फरार भएको प्रहरीले जनाएको छ।
बरामद गाँजा तथा ट्याक्टर आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0