
दिपक साह
चैत्र १२ गते
रौतहट निर्वाचन क्षेत्र नं.–२ बाट नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित युवा नेता डा. मो. फिर्दौस आलमले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। संघीय संसद भवनमा आयोजित एक औपचारिक समारोहबीच उनले संविधानप्रति निष्ठा राख्दै सांसदको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
सपथ ग्रहणसँगै आलम औपचारिक रूपमा संघीय संसदका सदस्य बनेका छन्। अब उनले आफ्नो निर्वाचन क्षेत्रका जनताको अपेक्षा अनुरूप विकास निर्माण, सुशासन र जनजीविकासँग सम्बन्धित मुद्दाहरू संसदमा उठाउनेछन्।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै संसदमा प्रवेश गरेका आलमबाट रौतहट–२ का नागरिकले विशेष अपेक्षा राखेका छन्। उनले जनादेशको सम्मान गर्दै पारदर्शिता, जवाफदेहिता र समावेशी विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्।
नवनिर्वाचित सांसदहरूको सपथसँगै संघीय संसदको नयाँ कार्यकालले औपचारिक गति लिएको छ। नयाँ नेतृत्वबाट प्रभावकारी, उत्तरदायी र जनमुखी संसद सञ्चालन हुने अपेक्षा गरिएको छ।















